समाचार

चन्द्रागिरि हिल्स रिसोर्टलाई प्रशासनले सोध्यो स्पष्टीकरण

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बैठक चलिरहेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं जिल्ला प्रशासनले स्पष्टीकरण सोधेको छ ।

निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । रिर्साटमा भिडभाड भएको गुनासो आएपछि रिसोर्ट प्रशासनलाई फोन गरेर निषेधाज्ञाका बेला किन भिडभाड गरेकोबारे सोधेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *