झापा। झापामा झुन्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।
८ महिने शिशुसहित एक दम्पतीको शव फेला परेको हो ।झापाको कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मिना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो रहेको प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।




