समाचार

नेता बस्नेतद्वारा बाढीपीडितलाई नगद सहयोग (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य, बाढीपहिरो विपद् व्यवस्थापन समिति संयोजक, खेलकुद बिभाग प्रमुख एवम् पूर्वसुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले तनहुँ र गोरखाका बाढीपहिरो पीडितलाई नगद सहयोग उपलब्ध गराएका छन् ।

नेपाली कांग्रेस विपद् व्यवस्थापन समन्वय समितिको पूर्वघोषित कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा ५ जना र गोर्खा जिल्लामा २ जनालाई नेपाली कांग्रेस बाढीपहिरो विपद् व्यवस्थापन समितिले सहयोग उपलब्ध गराएको हो । उनीहरुलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले पूर्वसूचना तथा सञ्चार मन्त्री बस्नेतले सहयोग हस्तान्तरण गरे ।

पीडितको हातमै रकम हस्तान्तरण गर्न पाउँदा आफूलाई घाउमा मल्हम लगाएका अनुभूति भएको कांग्रेस नेता बस्नेतले प्रतिक्रिया दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *