मुख्य समाचार

कांग्रेसको महाधिवेशन मंसिर ९–१३ गते

काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशन फेरि सरेको छ ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशन आगामी मंसिरको ९–१३ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

बैठकले तल्ला तहको अधिवेशन भने भदौ १८ गतेदेखि नै सुरु गर्ने भएको छ । जसअनुसार भदौ १८ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, ५ गते प्रतिनिधिसभा क्षेत्रीय समिति र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र १० गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *