काठमाडौं । नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी अध्यक्ष प्रचण्ड भ्याकेटमा गएका छन् ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर,उपमेयर,गाउँपालिकाका पदाधिकारीहरुलाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो ।
पदमुक्त भएका जनप्रतिनिधिहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेकोमा माओवादी अध्यक्ष प्रचण्ड अन्तरिम आदेश खारेजीको माग लिएर अदालत गएका हुन् ।
प्रचण्डको भ्याकेट निवेदनमाथि आज आनन्दमोहन भट्टराई,बमकमुार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा सुनुवाइका हुँदैछ ।




