समाचार

पूर्व प्रहरीमहानिरीक्षक खड्गजित बरालको निधन

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार बेलुका घरमै निधन भएको हो । बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने मृतक बरालका नाति पुजन बरालले बताए ।

बराल नेपाल प्रहरीको १० औं महानिरीक्षक हुन् । १ साउन २०२९ देखि ३१ जेठ २०३५ सम्म उनी प्रहरी महानिरीक्षक थिए ।

प्रहरीमा व्यापक सुधार गर्ने महानिरीक्षकका रुपमा उनी चिनिन्छन् । पूर्वसांसद एवं बर्माका लागि पूर्वराजदूतसमेत थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *