समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार

काठमाडाै । कोरोना संक्रमणपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएको छ।

शनिबारभन्दा आज स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ। पूर्वराजा, पूर्वरानी कोमल र उनीहरूकी छोरी प्रेरणालाई कोरोना देखिएपछि नर्भिक भर्ना गरिएको थियो। पूर्वरानी र प्रेरणाको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

उहाँहरूलाई अक्सिजनको सहायतामा राखिएको छ। कोरोनाका बिरामीलाई प्राय अक्सिजनकै सहायतामा राखिने गरिएको छ ।

उनीहरू शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए।

भारतको हरिद्वारमा भएको कुम्भ भेलामा सहभागी भएर फर्केका पूर्वराजा दम्पतीलाई कोरोना देखिएको थियो। निर्मल निवासको आइसोलेसनमा बसेका उनीहरू स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *