काठमाडौं । पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्रिय अध्यक्षका प्रत्यासी रामप्रसाद दाहालले प्रेस युनियनको आग्रहमा उम्मेदवारी फिर्ता लिएका छन् ।
‘हाम्रो आग्रह स्वीकार गर्नु भएकामा दाहाललाई धन्यवाद दिन चाहन्छु । युनियनकर्मीहरुलाई आधिकारिक उम्मेदवार विपुल पोखरेलको नेतृत्वमा रहेको प्यानललाई बिजयी गराउन हरतरहले सकृय रहन आह्वान गर्दछु,’ युनियनका अध्यक्ष बद्री सिग्देलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सिग्देलले दाहालले महासंघमा सचिवमा रुपमा रहँदा र त्यसअघि समेत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक मिडिया, न्यू मिडियाको पक्षमा भए गरेका आन्दोलनहरुमा खेलेको सकृय भूमिकालाई संस्थागत स्मरणमा राखी भविष्यमा संगठनले उच्च मूल्यांकन गर्ने उल्लेख गरेका छन् ।




