समाचार

अख्तियार आयुक्त सावित्री गुरुङको अवकाश

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले अवकाश पाएकी छिन् । आफ्नो ६ बर्षको कार्यकाल पुरा गरेर उनले बुधवारदेखि अवकाश पाएकी हुन् ।

बुधवार टंगालस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा प्रमुख आयुक्त प्रेमकुमार राईले उनलाई विदाई गरेका हुन् । ०७१ चैत १९ मा संवैधानिक परिषद्ले उनलाई आयुक्त नियुक्त गरेको थियो । डा. गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त समेत हुन ।

गुरुङको अवकाशसँगै आयोगमा २ आयुक्तको पद खाली हुने भएको छ । यसअघि प्रेमकुमार राईलाई संवैधानिक परिषद्ले प्रमुख आयुक्त नियुक्त गरेपछि कार्यवाहक प्रमुख डा. गणेशराज जोशीले राजीनामा दिएका थिए ।

कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै उनले राजीनामा दिएपछि खाली भएको पदमा पनि नियुक्ती गर्न बाँकी छ । जोशी र गुरुङ दुबै जना ०७१ चैतमा आयुक्त नियुक्त भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *