काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपराह्न बस्दैछ । बैठकमा सांसदहरूलाई कसरी राख्ने भन्ने विषयमा संसद् सचिवालयले जानकारी गराएको छ ।
आइतबार बिहान संसद् सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रोजनाथ पाण्डेले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारे ।
संसद सचिवालयका प्रवक्ता पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको बताउनुभयो ।
नेकपा विवाद आन्तरिक भएको भन्दै उहाँले दल विभाजनको पत्र नआएकाले नेकपाका सबै सांसदलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको छ ।




