समाचार

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेर आएलगत्तै उनले मन्त्रीपरिषद बैठक बोलाएका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच बिहीबार दिउँसो शीतल निवासमा भेटवार्ता भएको थियो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बतायो।

प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठक नियमित हो। सामान्यतः सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *