समाचार

महालक्ष्मीस्थान चोकमा भेटियो दुई लाख ३५ हजार, सम्पर्क राख्न प्रहरीको आह्वान

काठमाडौं । ललितपुरको महालक्ष्मीस्थान चोकमा सडकमा प्लास्टिकमा बेरेको अवस्थामा दुई लाख ३५ हजार रुपैयाँ भेटिएको छ । प्लास्टिकमा चितवन गर्दी–२ का प्रमोद आचार्यको नागरिकता पनि भेटिएकाले उनकै रकम भएको भन्दै सम्पर्क गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महालक्ष्मी स्थान चोक सडकमा वा८७प ७३५५ नम्बरको मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवान रुपेश चौधरीलाई शंका लागेर हेर्दा दुई लाख ३५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।
रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाइएको भन्दै प्रहरीले आचार्यलाई सम्पर्क गरेर लैजान भनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *