काठमाडौं। एक दिने भ्रमणका लागि आइतबार काठमाडौ आएका उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा सो भेट भएको जानकारी दिए। सो भेटका अवसरमा नेपाल र चीनबीचको आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ।





