समाचार

महँगो तुइन तर विस्थापनको सुरसार छैन

हुम्ला। खार्पुनाथ गाउँपालिका–५ स्थित याङचुको तुम्लिखमा १४ लाख रुपयाँभन्दा बढी लगानीमा निर्माण भएको तुइन अझैसम्म पनि विस्थापित हुन सकेको छैन ।

गाउँपालिकाको केन्द्र याङचु बगरमा आवतजावत गर्न गाउँपालिकाले ०७६ सालमा १४ लाखमा तुइन निर्माण गरेको थियो ।
गाउँपालिका केन्द्र पुग्न पुल नभएपछि १४ लाख ७४ हजार ७१ रुपैयामा तुइन निर्माण गरिएको थियो।

गाउँपालिकाले नदी वारपार गर्ने पुल नुहँदा ०७६ साल पुषमा सम्झौता गरी ०७६ साल पुषमै तुइन निर्माण गरेको हो ।

तुइन निर्माण गरी गाँउपालिकाको बजेट दुरुपयोग भएको स्थानीयहरुले त्यसैबेलादेखि गुनासो गर्दै आएका थिए ।

तुइनबाट वारपार गर्न धेरै कठिन हुेन गरेको र धेरै स्थानीयहरुको त हात र औँला नै तुइन वारपार गर्दा काटेको स्थानीइको भनाइ छ ।

गाउँपालिकाले निर्माण गरेको तुइनको लठ्ठा पनि पुराना पुलबाट झिकेर प्रयोग भएको स्थानीयको भनाइ छ ।

यो तुइनमा प्रयोग भएका सामाग्रीहरु बाहिरबाट ल्याउँदा अलि बढी पर्ने भएपनि ३/४ लाखमा तुइन निर्माण हने स्वयं प्राविधिक नै बताउँछन ।

त्यसो त तुइनमा लागेको खर्चको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षको पनि दुई फरक फरक मत रहेको छ ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल ८/९ लाखमा तुइन निर्माण भएको बताउनुहुन्छ ।

उता प्रमुख प्रशासकीय अधिकृत चन्द्रबिर शाहीले तुम्लिखमा १० लाख र बोक्चे गौडामा ४ लाख गरी १४ लाख तुइन बनाउन बजेट खर्च भएको स्वीकार गर्छन्।

आर्थिक वर्ष २०७६/७७ को अन्तिममा तुम्लिख र बोक्चे गौडा गरी दुई स्थानमा तुइन निर्माण भएको थियो । यसका लागि सामान बाहिरबाट ल्याउँदा महँगो परेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

शाहीले दुई स्थानमा भनिए पनि गाउँपालिकाले खार्पुनाथ तुम्लिखमा मात्रै १४ लाख ७४ हजार ७१ रुपैयामा तुइन निर्माण भएको बताएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *