सम-सामयिक

पाल्पामा थप ७५ जना कोरोना संक्रमित

काठमाडौं- पाल्पामा थप ७५ जना समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।पाल्पा अस्पतलको कोभिड प्रयोगशाला, नेशनल प्याथल्याव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षाणका क्रममा रामपुर नगरपालिकाका २ कर्मचारी र २ स्वास्थ्यकर्मीसहित ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै तानसेन नगरपालिकाका १८ जना, बगनासकाली गाउँपालिका भित्रका १९ जना, पूर्वखोलाका ९ जना, तिनाउ, रैनादेवी छहरा र माथागढी गाउँपालिका भित्रका २/२ जना तथा रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । पाल्पामा हालसम्म जिल्लमा ९ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *