समाचार

दशैंमा कुनै पनि शक्तिपीठ खोल्न नदिन गृहमन्त्रालयको निर्देशन

काठमाडौं-कोरोना जोखिमका कारण यस वर्षको दशैंमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन गृहमन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले परिपत्र जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले देशभरका कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *