कालिकोट । कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुरिदा एकै घरका छ जनाको मृत्यु भएको छ ।
गए रातिको अविरल वर्षाका कारण गएकाे पहिरोमा परेर महावै गाउँपालिका वडा नं ३ का निर्वाचित वडा सदस्य समेत रहेका रजबहादुर बिष्टको घर भत्किदा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीया सविना विष्ट , १५ वर्षीय आशा विष्ट तथा सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको मृत्यु भएको हो ।
पहिरोले महावै गाउँपालिकाको नकु गाउनै जोखिममा रहेको नेकपाका नेता चित्रसिह गाउँलेले जानकारी दिए। यस्तै कालिकोटकै नरहरिनाथ गाउँपालिकाको वडा नं १ को धारी भन्ने ठाउँमा पहिरोले घर भत्किदा दुई जना गम्भीर घाइते भएका छन् ।




