कोशी प्रदेश

विदेशबाट आएका १४ जनाको पीसीआर टेस्टका लागि स्वाव पठाइयो

सङ्खुवासभा । संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका वडा नं. ४ को पिलुवा खोला दोभान रिसोर्टमा संखुवासभा जिल्लाका दक्षिणी क्षेत्रका ४ नगरपालिकालाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका १४ जना युवाको पीसीआर टेस्टको लागि स्वाव संकलन गरिएको छ ।
दुवई, कतार, साउदी अरव, मलेसिया, वहराइन, कुवेत लगायत विभिन्न देशबाट आई ७ दिन अघिदेखि क्वारेन्टाइनमा बसेका १४ जना युवाहरुको स्वाव संकलन गरी पीसीआर टेस्टको लागि १ नं. प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगरमा पठाइएको चैनपुर नगर स्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए । पिलुवा दोभानमा जिल्ला समन्वय समितिको पहलमा ४ नगरपालिका क्षेत्रका कोरोना संक्रमितको आशंकामा विदेशबाट आएका नागरिकहरुलाई कोरोना रोकथाम क्वारेन्टाइन निर्माण गरी त्यस स्थानमा राखिएको छ ।

जिल्लाका चैनपुर नगरपालिकाका १० जना, धर्मदेवी नगरपालिकाका २ जना, मादी नगरपालिकाका १ जना र अन्य नगरपालिकाको १ जना गरी जम्मा १४ जनाको कोरोनाको परीक्षणका लागि पठाइएको छ । १ सय जना क्षमता रहेको उक्त क्वोरन्टाइनमा वाइफाईको सुविधा, खानेपानीको व्यवस्था र खाद्यान्नको उपयुक्त व्यवस्थापनका बीच राखिएको क्वारेन्टाइन स्थलमा खटिएका स्वास्थ्यकर्मी चन्द्रा अधिकारीले बताइन ।
पसीआर टेस्टको लागि स्वाव संकलन प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरका ल्याव असिस्टेन्ट उमेश चारकोलेले गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *