
काठमाडौं । गायिका रानु देवी पौडेलको निधन भएको छ । ८५ बर्षीय रानुको बिहिबार सिनामंगल स्थित केएसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको आज शुक्रबार अन्त्येष्टी गरिने उनका नजिकका मित्र तथा लेखक शंकर खरेलले जानकारी दिए ।
२००७ सालको क्रन्तिको प्रचार प्रसारका लागि बिराटनगरेको बोडरमा ‘प्रजातान्त्रीक नेपाल रेडियो’ खोलिएको थियो । उनी त्यसको पहिलो गायिका हुन् । उक्त रेडियो मार्फत उनले नेपालमै पहिलो पटक लाइभ गीत गुन्जाएकी थिइन् । उनले २०६१, ०६२ मा ‘जागे नेपाली उठे नेपाली शान्ती लिएर’ बोलको गीत गाएकी थिइन् । सो गीत उनले ५६ बर्षपछि गाएकी थिइन् ।
उनी पछिल्लो समय मैतिदेवी स्थित छोरीको घरमा बस्दै आएकी थिइन् । उनको एक छोरा पनि छन् । उनी अमेरिकामा रहेकोले छोरीसँगै बस्दै आएकी हुन् ।