मनोरञ्जन

अन्जुसँग गायक घोरासैनीले ल्याए ‘मिर्मिर कपालैमा’

काठमाडौं । वरिष्ठ गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई कब्याक गराएका छन् । गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत संगीतमा कम्ब्याक गराएका हुन् ।

आफ्नै शब्द, स्वर र संगीतमा गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ ल्याएका छन् । ‘मिर्मिर कपालैमा’ बोलको गीतमा गायक घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् ।  गीत अत्यन्तै गलितो बनेको गायक घोरासैनीले बताएका छन् ।

‘लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु’, उनले भने, ‘गीत संगीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि ‘मिर्मिर कपालैमा’ ल्याएको छु ।’  यसअघि गायक घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो…’ बोलको गीत ल्याएका थिए ।

त्यस बेला यो गीत सुपरडुपर हिट भएको थियो । गायक घोरासैनीले थुप्रै गीतहरूमा स्वर पनि दिए । तर, गायक घोरासैनीको ‘घुम्तीनेर घेट भयो’लाई अरु गीतले उछिन्न सकेन ।

गायक घोरासैनीले ‘घुम्तीनेर लेट भयो’ बोलको गीतकै मीठासमा ‘मिर्मिर कपालैमा’ गीत ल्याएका छन् । काँठे भाकाको ‘मिर्मिर कपालैमा’लाई गायक घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन् ।

एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन् । गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *