मनोरञ्जन

काजीको मैयाले गरिन् बिवाह

काठमाडौ । फिल्म कबड्डीकी सोल्टीनी अर्थात अभिनेत्री रिश्मा गुरुङले बिवाह । रील लाइफमा काजीलाई छाडेर अरुसँग प्रेम गरेर भागेकी मैयाले रियल लाइफमा पारिवारीक सहमतिमा बिवाह गरेकी हुन् । अर्थात उनले यो प्रेमको महिनालाई सदुपयोग गर्दै लगनगाँठो कसेकी छिन् ।

उनले शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थितिमा कसिएको लगनगाँठोपछी रिश्मा फिल्म क्षेत्रबाट टाढिने भएकी छिन् ।

रिश्माले ‘कबड्डी’ मा प्रमुख भूमिका निर्वाह गरेकी छिन । त्यसपछि उनलाई काजीको मैया भनेर पनि फिल्म प्रेमी माँझ चिनिने गरेकी छिन । केही गुरुङ फिल्ममा पनि अभिनय गरेकी रिश्माले फिल्म नगर्ने भएपछी अब काजीको मैया फिल्ममा बन्ने सम्भावना लगभग सकिएको छ । यद्दपी उनको अन्तिम फिल्म कबड्डीको चौथो सिरिजमा देखिने सम्भावना बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *