मनोरञ्जन

‘ए मेरी पूजा’ लिएर बालआश्रममा आश्मा

काठमाडौं । अभिनेत्री आश्मा गिरीले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफू निर्देशित ‘ए मेरी पूजा’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छिन् । ‘ड्रिम गर्ल’बाट फिल्म अभिनय यात्रा सुरु गरेकी आश्माले भिडियो पनि आफैले निर्माण गरेकी हुन् ।

भिडियो सार्वजनिक गरेको उपलक्ष्यमा आश्माले शुक्रबार नेफोलि क्रिएसन्सको टिमसहित सिफलस्थित बाल संरक्षण गृहमा आश्रित बालबालिकासँग ‘भ्यालेन्टाइन्स डे’ मनाइन् । उनले बालबालिकालाई केक खुवाउँदै पढेर असल नागरिक बन्न प्रेरित गरेकी थिइन् । उनले आफू समाजसेवी भावनाको भएकाले असाहय बालबालिकालाई सहयोग गर्न आश्रम पुगेको बताइन् ।

त्यसैगरी, शुक्रबार साँझ भने उनले नेफोलि क्रियसन्सका तर्फबाट हात्तीसारस्थित एक रेस्टुरेन्टमा टिकटकमा चर्चित प्रतिभा बीच जमघट कार्यक्रम आयोजना गरिन् । टिकटकरमाझ आफ्नो कम्पनीका कामहरुको जानकारी दिनुका साथै उनले त्यहाँ ‘ए मेरी पूजा’को प्रमोशन गरेकी थिइन् । टिकटकमा चर्चित प्रतिभाहरुले आश्माको कलाकारिता तथा भिडियो निर्देशनको प्रशंसा गर्दै आगामी दिनमा अझ सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कौशलराज खड्कोको स्वर र संगीतमा रहेका ‘ए मेरी पूजा’ विशाल मल्लले लेखेका हुन् । भिडियोमा हिमांशु कार्की, आशिका श्रेष्ठ र नेहा लिम्बू फिचर छन् । सुवल डंगोलले खिचेको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी छ । आश्मा ‘ड्रिमगर्ल’ पछि मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको ‘सँगसँगै’ फिल्ममा अनुबन्धित छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *