काठमाडौँ । गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ गीत ‘मलाई हैन तिमीलाई सुखीमा’ म्युजिक भिडियो सहित सार्बजनिक भएको छ । पुष्प अन्जान र पृथिबी पुत्रको शब्द तथा गायक संगीतकार कृष्ण भण्डारीको आफ्नै संगीत रहेको गितको भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका छन् भने निर्देशक प्रहिल कार्कीले आकर्षक ढंगले निर्देशन गरेका छन् ।
माया प्रेम तथा धोकाको संयोजनमा तयार पारिएको म्युजिक भिडियोमा मोडल सुजना बर्देवा, मोडल रमेश लुईटेल र मोडल सुनिल श्रेष्ठलाइ फिचर्ड गरिएको छ । अन्जिता कंडेलको कोरियोग्राफी तथा कथा रहेको भिडियोमा राज पाण्डेको मेकअप रहेको छ ।




