मनोरञ्जन

‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक

काठमाडौं । मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । बैशाख १२ मा रिलिज हुने फिल्म प्रचारलाई चुस्त बनाउन टिजर सार्वजनिक गरेको हो ।

१ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन सिनको बाहुल्यता छ । कलाकारको भिन्न अवतार, जबर्जस्त एक्सन दृश्य, ठुलो क्यानभास टिजरमा देख्न सकिन्छ । ३ सय मिलियन अमेरिकी डलरको चलखेलमा फिल्मको कथा घुमेको हुन सक्ने टिजरमा अनुमान लगाउन सकिन्छ ।

एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

फिल्मको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट९एमआर आरजे०, दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *