मुख्य समाचार

नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँ : सञ्चारमन्त्री कार्की

काठमाडौं । एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुको बैठक विनानिष्कर्ष सकिएपछि कांग्रेस नेताहरु निराश देखिएका छन् ।

एमसीसी पारित गर्न सहयोगका लागि आग्रह गर्न पुगेका कांग्रेस नेताहरुलाई एमालेले पुरानै माग पुरा गर्न आग्रह गरेको छ । बैठकमा भएको छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादर कार्कीले भने,‘आजको छलफलबाट तपाईँहरूलाई नयाँ सन्देश दिन खोजेका थियौँ तर सकेनौँ, यद्यपि हाम्रो छलफल भने जारी रहन्छ ।’उनले भने,‘गठबन्धन अहिले पनि जारी नै रहेको छ, आशा गरौँ संसद् सञ्चालन भएर सहमतिबाटै एमसिसी अगाडि बढ्छ ।’

छलफलपछि एमाले महासचिव शंकर पोखरलेलले गठबन्धनको राय अझै स्पष्ट नआउँदा एमालेले आफ्नो निर्णय दिन नसकेको बताए । उनले भने,‘आजको छलफलमा पनि हामीले गठबन्धनको एउटै राय लिएर आउनुस् भनेका छौँ, उहाँहरूले गठबन्धनकै एउटै राय बनाउन सक्नु भएको छैन, उहाँहरूले गठबन्धनमा पनि छलफल जारी राख्ने, एमालेसँग पनि छलफल जारी राख्ने तर गठबन्धनको राय क्लियर नगर्ने अनि गठबन्धनको राय क्लियर नभएसम्म एमालेले निर्णय कसरी गर्ने ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *