मुख्य समाचार

बिग्रेका पाउरोटीबाट कुकिज बनाउने गरेको पुष्टि

काठमाडौं । नक्कली मह बनाएर देशभर बेच्दै आएका नरबहादुर श्रेष्ठले अखाद्य बस्तुबाट कुकिज बनाउने गरेको पुष्टि भएको छ ।

महानगरीय अपराध महाशाखाले म्याद नाघेका अखाद्य सामाग्रीलाई पुनः बिक्री वितरण गरेको आरोपमा ललितपुर महानगरपालिका २७ सुनकोठीस्थित स्पर्श फुड प्रोडक्ट प्याकेजिङ कम्पनी र त्रितारा फुड्स् एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको हो । टोलीले सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठलाई पक्राउसमेत गरेको छ।

म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुन धुलो बनाई कुकिज टोस्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्री वितरण गर्दै आएको अनुसन्धानबाट पुष्टि भएको छ ।

म्याद नाघेका कुकिजहरुमा पुनः बटर चकलेट, काजु कुकिज बनाइ बिक्री वितरण गरेको, अत्यधिक सडेगलेका पाउरोटी सुकाएर पुनः कुकिज बनाइ बेचेको र म्याद नाघेका पाउरोटीलाई पुनः क्रन्चि र चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याइएको भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले ५४ कार्टुन भेनेगर, ३० कार्टुन चिनी, ७ कार्टुन क्रसर पाउडर, १० कार्टुन सुप, ३८५ बोरा अजिना मोटो, १५ कार्टुन बेकिङ पाउडर, ४० बोरा चकलेट पाउडरलगागयत सामग्रीहरु नस्ट समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *