मुख्य समाचार

सिन्धुपाल्चोकका सबै स्थानमा निःशुल्क स्वास्थ्य सामग्री पुर्‍याउने पूर्वमन्त्री बस्नेतको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका सबै नागरिकलाई निशुल्क रुपमा मास्क र सिटामोल उपलब्ध गराउने घोषणा गरेका छन् ।

बस्नेतले शुरु गरेको ‘पहिला जनता बचाऔं, राजनीति पछि गरौंला’ भन्ने भावनाका साथमा सोमबार भोटेकोशी गाउँपालिकाका सबै वडाका घरपरिवार, विद्यालय, क्याम्पस, कर्मचारी लगायतलाई निशुल्क स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जिल्लाभर नै अभियान चलाउने घोषणा गरेका हुन् ।

भोटेकोसी गाउँपालिकाले गरेको १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम तथा निशुल्क स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेता बस्नेतले स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेका छन् ।

नेता बस्नेतले सोमबार भोटेकोशी गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सामग्री हस्तान्रण गरेको र जिल्लाका अन्य स्थानमा समेत वितरण गर्ने जानकारी दिदै भने,‘भोटेकोसी गाउँपालिका अन्तर्गतका सम्पुर्ण वडाका घरपरिवार, विद्यालय, क्याम्पस, राष्ट्रसेवक कर्मचारी लगायत सम्पुर्णमाझ नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको सक्रियतामा पारासिटामोल र मास्क पुग्ने अपेक्षासहित पर्याप्त मात्रामा पारासिटामोल र मास्क हस्तान्तरण गरिएको छ ।’

जिल्लाका अन्य स्थानमा समेत स्वास्थ्य सामग्री वितरण गर्ने भन्दै उनले भने,‘जिल्लाका बाँकी ठाउँहरुका सम्पुर्ण घरपरिवार, बस्ती, स्कूल, कलेज, राष्ट्रसेवक कर्मचारी लगायत सम्पुर्ण माझ स्वास्थ्य सामग्री यथाशीघ्र पुर्‍याउने कुरा सम्पुर्ण सिन्धुपाल्चोक जिल्लाबासीहरुमा जानकारी गराउदछु ।’

कार्यक्रममा एमाले र माओवादी परित्याग गरेर ठुलो संख्यामा नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश समेत गरेका छन् । एमाले र माओवादी छाडेर कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्दै नेता बस्नेतले योग्यता, क्षमता र भुमिकाको आधारमा पार्टीमा उचित जिम्मेवारी प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *