मुख्य समाचार

माओवादी केन्द्रको महाधिवेशन : बन्दसत्र भोलि बिहान शुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबार बिहानदेखि शुरु हुने भएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सकिएपछि बन्दसत्र शुरु हुन लागेको हो उद्घाटनसत्र सकिएसँगै सोमबारबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार सोमबार विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । १७ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *