मुख्य समाचार

नेपालमा संक्रमण चौथो चरणमा: डा. मरासिनी

काठमाडौं । स्वास्थविज्ञले नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको दाबी गरेका छन् । भाइरोलोजिष्ट डाक्टर बाबुराम मरासिनीले काठमाडौँ उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताएका हुन् । उनले काठमाडौं उपत्यकाको सबै समुदायभित्र, घरभित्र, कार्यालयलगायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेको भन्दै स्थिति नियन्त्रण बाहिर गइसकेको बताए ।

सरकारले सीमा नाकामा आउने मानिसलाई गरेको असमान व्यवहारले संक्रमण समुदायमा फैलिएको टिप्पणी उनको थियो । कोरोना संक्रमण सुरु हुँदा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहनेलाई १४ दिन रोक्नु गलत भएको तर्क उनले गरे ।

डाक्टर मरासिनीले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९–१० दिनसम्म परीक्षणको नतिजा नदिने प्रवृत्ति पनि गलत भएको उनले बताए । यसले पनि समुदायमा संक्रमण फैलिन सहयोग पु¥याएको उनको भनाइ थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *