मुख्य समाचार

अनैतिक क्रियाकलापमा संलग्न पक्राउ

भक्तपुर- महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिए ।

यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु एक लाख नौ हजार ३०० सहित चार जनालाई पक्राउ गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *