मुख्य समाचार

डा. केसीसँग वार्ताको गृहकार्य निरन्तरता

काठमाडौं– सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीसँग वार्ताको गृहकार्यलाई निरन्तरता दिएको छ । शुक्रबार राति डेढ घण्टा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए  ।

बिहीबार सहमति नजिक पुगेको भनिएको वार्ता शुक्रबार टुंगोमा नपुगेपछि डाक्टर केसीका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका थिए  । सहमति नजिक पुर्‍याएर थप गूहकार्य गरी पुनः बस्नेगरी वार्ता सकिएको थियो ।

अनसनको २७ औ दिन पुग्दा डाक्टर केसीको स्वास्थ्य अवस्था भने चिन्ताजनक रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए  । वार्तामार्फत डाक्टर केसीको माग सम्बोधन गरी जीवन रक्षा गर्न केसीका प्रतिनिधिहरुले आग्रह गरेका थिए  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *