मुख्य समाचार

डा. केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह

काठमाडौ । चिकित्सा शिक्षा क्षेत्र सुधारका बिभिन्न ६ बुँदे माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई सरकारले अनसन फिर्ता लिन आग्रह गरेको छ । शिक्षा सचिव गोपीनाथ मैनालीको टोलीले मंगलबार अनसनरत केसीसँग शिक्षण अस्पताल महाराजगञ्जमा भेट गरेर माग जायज भएपनि पूरा गर्नका लागि उपयुक्त समय नभएकाले अनसन् तोड्न आग्रह गरेको हो । डाक्टर केसीले भने सरकारी वार्ता टोली गठन नभएसम्म आफुले अनसन नतोडने बताएका छन ।

गएको भदौ २९ गतेबाट जुम्लामा अनशन सुरु गर्नुभएका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । डा. केसीलाई छाती दुख्ने, चक्कर लाग्ने समस्या देखिनुका साथै प्रतिरोधी क्षमतासमेत कमजोर बन्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *