मुख्य समाचार

‘आवश्यक सतर्कता अपनाउन आग्रह’ (मन्त्रिपरिषद् बैठक निर्णयको कपीसहित)

काठमाडौं । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना संक्रमण बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सरकारले कोरोनाको जोखिम रहँदारहँदै पनि जीवन र जीविकाबीच सन्तुलन आवश्यकता परेकाले धेरै क्षेत्र खुला गरेको बताए ।

मन्त्री ज्ञवालीले अहिलेको अवस्थामा स्वास्थ्य सजगता अपनाउनुपर्ने र यसका लागि सबैको उच्चस्तरको सतर्कतासँगै साथ र सहयोगको आवश्यकता रहेको बताए । सर्वसाधारणले सरकारी निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको भन्दै मन्त्री ज्ञवालीले चाडपर्वको समयमा अझ बढी सतर्क हुनुपर्ने बताए ।

कतिपय ठाउँमा घरबेटीले डेरामा बस्नेलाई तथा उद्योगहरुले कामदारलाई पीसीआर परीक्षणका लागि बाध्य बनाउने गरेको सुन्नमा आएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *