मुख्य समाचार

कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु

राँझा । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना संक्रमणबाट नेपालगञ्जमा निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी होमआइसोलेसनमै बस्दै आएका थिए ।

आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *