मुख्य समाचार

रौतहटमा एक महिलाको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटको देबाही गोनाही नगरपालीका ५ टिकुलीयामा गएराति धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । टिकुलीयाका महेश तिवारी र उनकी श्रीमती जगरनिया देवीमाथि छिमेकी सोनीयालाल मुखीया र उनका छोरा प्रदिप मुखीया मिलेर धारिलो हतियार प्रहार गरेका हुन् ।

टाउकोमा गम्भिर चोट लागेका दुबैलाई उपचारको लागि विरगञ्ज लगिएकामा श्रीमतिको मृत्य भएको प्रहरीले जनाएको छ । श्रीमानको अवस्था गम्भिर छ । पुरानो रिसइबीका कारण छिमेकीले दम्पति माथि आक्रमणा गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *