मुख्य समाचार

१३५६ संक्रमित थपिए, थप २ जनाको मृत्यु

काठमाडौँ । विगत २४ घण्टामा देशभर एक हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ११ हजार १५४ जनाको पिसीआर परीक्षण गरिएको जानकारी दिए । योसंगै अहिलेसम्म ६६ हजार ६३२ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै विगत २४ घण्टामा ८२३ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ४८ हजार ६१ जना सङ्क्रमित निको भई घर फर्किसकेका छन् । यस्तै देशभर सक्रिय सङ्क्रमित १८ हजार १४२ जना रहेका छन् भने क्वारन्टिनमा सात हजार १७१ जना रहेका छन् । त्यसैगरी कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२९ पुगेको छ ।

उपत्यकामा थपिए ६४७ कोरोना संकमित
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौंका ५० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *