मुख्य समाचार

सर्लाहीको मलंगवामा कर्फ्यू आदेश

सर्लाही । विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा बजारमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले आज १ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

मलंगवा तीन विश्वकर्मा चोकबाट विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच विवाद भएको थियो । डिजे बजाएको निहुँमा भएको वादविवाद चर्कदै गएपछि प्रशासनले कर्फ्यू लगाएको हो । आज विहान दुबै समूहले प्रदर्शन गर्न थालेपछि प्रशासनले सुरक्षा सतकर्ता बढाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *