मुख्य समाचार

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् ।

गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सोमबार नै मन्त्रिपरिषद्को बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारेमा केही जानकारी नदिएपछि अन्यौल उत्पन्न भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *