काठमाडौं । अबदेखि निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दावी पाइने भएको छ । बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्दै निजी ल्याबहरुको रिपोर्टलाई पनि मान्यता दिने व्यवस्था गरिएको हो । निजी ल्याबहरुको रिपोर्टलाई अस्विकार गरिएको भन्दै बीमा समितिको व्यापक आलोलचना भैरहेको थियो ।
तर बीमा कम्पनीहरुलाई संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्काे ल्याबमा कोरोना परिक्षण गराउन सक्नेछन् । त्यस्तै, अबदेखि कोरोना बीमाको एकल पोलिसी बिक्रि नगर्ने निर्णय समेत भएको छ । समितिले अब उपरान्त सामुहिक बीमालेख मात्रै जारी गर्ने निर्णय गरेको हो ।




