काठमाडौं। २४ घण्टामा देशभर १ हजार ४१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ६ सय ९२ जना पुरुष र ३ सय ४९ जना महिला छन । नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र आज ४०८ संक्रमित थपिएका छन । काठमाडौंमा ३२६, ललितपुरमा ४५ र भक्तपुरमा ३७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रस ब्रिफिङको क्रममा जानकारी दिए ।
१२ हजार ४ सय ७३ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ४१ जना संक्रमित भेटिएका हुन । शनिबार १५ सय ६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ । संक्रमित निकोहुने दर ६० प्रतिशत रहेको छ ।
सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० छ । जसमध्ये ८ हजार ४ जना होम आइशोलशन र ९ हजार ८ सय ६६ जना संस्थागत आइशोलेशनमा छन ।क्वारेनटाइनमा ६ हजार ५ सय ६१ जना छन ।
नेपालमा पीसीआर विधिबाट ७ लाख ५७ हजार ९ सय ६३ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
ताप्लेजुङ, सोलु,मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन । मोरङ, सुनसरी धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, चितवन, रुपन्देही, ललितपुर र काठमाडौं जिल्लमा संक्रमितको संख्या ५ सय नाघेको छ ।
संक्रमितहरु मध्ये १६७ जना आइसीयु र २४ जना भेन्टिलेटरमा उपचाररत छन ।
कोरोना संक्रमणबाट आज थप ९ जनाको निधन भएको छ । यो संगै मृतकको संख्या २८० पुगेको छ ।




