मुख्य समाचार

घरमा नै तीज मनाउन महानगर उपप्रमुख शाहको अनुरोध

चितवन । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले आफ्नो घरमा सुरक्षित साथ यस वर्षको तीज मनाउन सम्पूर्णमा आग्रह गर्नु भएको छ । चितवनमा कोरोनाको संक्रमण बढ्दै गएकोले सामूहिक खानपिनको कार्यक्रम नगरी जहाँ जुन अवश्थामा छौ त्यहि नै रहेर आफ्नो घर परिवार सगँ नै बसेर तीज मनाउन उहाँले आग्रह गर्नुभएको हो ।

यस वर्षको नेपाली महिलाको महान् पर्व हरितालिका तीजको नजिकिदै गर्दा महानगर उपप्रमुख शाहले यस्तो आग्रह गर्नुभएको हो । उपप्रमुख शाहले यो बर्ष कोरोना महामारी (कोभीड १९ ) को यो विषम परिस्थितिमा सबैले आफ्नो घरमा नै बसेर विभिन्न सामाजिक संजालहरु ,फोनहरु लगातयबाट आफ्नाहरु बिच तीजको पर्वको शुभकामना आदानप्रदान गर्न अपिल समेत गर्नुभएको छ । उहाँले आफ्नो घरमा नै सुरक्षित रहि नेपाली मौलिकपन झल्किने तिजको गित गाएर नाचेर यो बर्षको तिज उहाँले सबैलाई अनुरोध गर्नु भएको छ ।

शुरुमा नै संक्रमणको लक्षण थाहा नहुने कारण कोरोनाको संक्रमण फैलिरहेकोले उहाँले यो संक्रमणबाट जोगिन मास्क, स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी कायम गरेर सुरक्षित रहन समेत उहाँले अनुरोध गर्नुभएको छ । भरतपुर महानगरपालिका मा पनि कोरोना संक्रमितहरु बढिरहेका छन् । यस संक्रमुण जोेगिन भरतपुर महानगरले भदौ ५ गतेसम्मका लागि निशेधाज्ञा जारी गरेको छ । भरतपुर महानगरपालिकामा महिला ४२ सहित १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् ।

हिजो मात्र १२ जना नयाँ संक्रमित महानगरका थप पुष्टी भएका छन् । भरतपुर महानगर ११ का १ जनाको कोरोना संक्रमणको मृत्यु समेत भइसकेको छ । होम क्वारेन्टाइन यति जना हुनुहुन्छ , महानगरको वडाहरुको वडा क्वारेन्टिाइन मा ७६ जना हाल बसीरहनु भएको जानकारी दिनुहुदै महानगर उपप्रमुख शाहले होम ३४१ जना होम क्वारेन्टाइन रहनुभएको जानकारी दिनुभयो ।

उहाँले विस्तारै विद्यालयमा भएका क्यारेन्टाइनहरु हटाउने महानगरले प्रयास गरिरहेको बताउदै कोहि संक्रमित सगँ सम्पर्कमा आउनुभए या कुनै लक्षण देखिए चिकित्सकसगँ परामर्श लिइ सुरक्षित रहन समेत अनुरोध गर्नुभएको छ । भाद्र शुक्ल तृतीयाका दिन नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तीज) पर्व पर्दछ । यस वर्ष पर्सी भदौ ५ गते शुक्रवार तीज पर्व परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *