मुख्य समाचार

वाणिज्य विभागका नासु घुससहित पक्राउ

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौँका नायब सुब्बा (नासु) घुससहित पक्राउ परेका छन् । फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा नासु शिवशङ्कर महतो १० हजार नगदसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले महतोलाई सेवाग्राहीबाट घुस बापतको रकम लिएको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *