मुख्य समाचार

सर्वोच्च अदालतका दुई न्यायधीश खतिवडा र फूयाल सेल्फ आइसोलेशनमा

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि सर्वोच्च अदालतका दुई जना न्यायाधीशहरू सेल्फ आइसोलेसनमा बसेका छन्।

कोभिड(१९ संक्रमणको आशंकामा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल सेल्फ आइसोलेसनमा बसेको आदालत स्रोतले जनाएको छ । २२ साउनसम्म न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीलाई आज कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु आइसोलसनमा बसेका हुन्। सुरक्षाकर्मीलाई देखिएको संक्रमणपछि उनीहरु आइसोलेशनमा बसको स्रोतका दावी छ ।

उनीहरु स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग सम्पर्क र परामर्शमा रहेका छन् । त्यस्तै अर्का न्यायाधीश फुयाल आफू न्यायाधीश खतिवडासँग एउटै इजलासमा बसेका कारण आवश्यक सतर्कता अपनाउँदै अहिले आइसोलेसनमा बसेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *