मुख्य समाचार

ललितपुरमा अत्यावश्यकबाहेकका सेवा १५ दिन बन्द

काठमाडौं । ललितपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।महानगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दिनहुँ कोरोना संक्रमण बढिरहेकोले महानगरपिलकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ ।’

यो अवधिमा महानगरपालिकाले स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन हुने महानगरले जनाएको छ । महानगरपालिकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कन परे पनि अनिवार्य मास्क लगाउन र सामाजिक दुरी कायम गर्न अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *