काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि नेपाली ब्याट्सम्यान कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका थिए ।
युएईका बलर रोहन मुस्तफाले दुई विकेट लिएका छन् भने आयान अफजल खानले एक विकेट लिएका छन् ।




