खेलकुद

नेपाललाई छैटौं सफलता, गुलशनले लिए विकेट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले छैटौं विकेट लिएको छ । नेपालका लागि गुलशन झाले १० रन बनाएर खेलिरहेका बसिल हामिदलाई बोल्ड आउट गरेका हुन् ।

यसअघि युएईका ब्याट्सम्यान रोह मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

त्यस्तै आजको खेलमा नेपाली बलरहरुले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि करण केसीले २ विकेट लिए भने सोमपाल कामी, ललित राजबंशी र सन्दीप लामिछानेले एल एक विकेट लिएका छन् ।

नेपालका लागि यसअघि करण केसीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजबंशीले एक एक विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *