खेलकुद

नेपालको खराब ब्याटिङ, एक सय ५० रनमै महत्वपूर्ण ४ विकेट गुम्यो

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरूद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा नेपालले खराब ब्याटिङ गरेको छ।

टिमको स्कोर १५०रन हुँदा आफ्ना महत्वपूर्ण चार विकेट गुमाएको छ। जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरूवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो। त्यसपछि थप ५० रन बनाउँदा चौथो विकेट गुमायो।

ओपनर आसिफ शेख तेस्रो बलमै वृत्य अरविन्दबाट स्टम्पिङ आउट भए। कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । आयनको बलमा ठूलो सट खेल्न खोजेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए। वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

त्यसपछि नेपाली इनिङ्स सम्हालिरहेका कुशल भुर्तेल व्यक्तिगत ५० रन पूरा गरेपछि आउट भए। उनले ३५ बल खेलेर ३ चौका र ४ छक्का हिर्काए।

अहिले क्रिजमा भीम सार्की र आरिफ शेख छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *