काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम खेलमा नेपालले सुरुमै दुई विकेट गुमाएको छ । पहिलो र दोस्रो ओभरमा लगातार नेपालको विकेट खसेको हो ।
युएईका बलरले नेपालका ओपनर आसिफ शेख र कुशल मल्ललाई आउट गरेका छन् । अहिले क्रिजमा कुशल भुर्तेल र राेहित पाैडेल छन् ।




