खेलकुद

पीएनजीमाथि युएईको ६ विकेटको जित,एक एकदिवसीय मान्यता पाउन प्लेअफ खेल्नुपर्ने

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज भएको खेलमा युएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पीएजीले युएईलाई २३५ रनको लक्ष्य दिएको थियो । २३६ रनको लक्ष्य पछ्याएको युएईले कप्तान महोम्मद वासिमको शतकमा ३८.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

युएईका लागि आक्रमक व्याटिङ गरेका कप्तान वासिमले ६३ बलमा १०४ रन बनाए । यस्तै वृत्य अरविन्दले ३३, चुन्डागोपाइल रिजवान नटआउट २९ रन, आसिफ खान ११ र आयन अफजल खानले २७ रन बनाए । पिएनजीका लागि रिले हेकुरेले २, कावुवा मोरिया र जोन कारिकोले समान एक–एक विकेट लिए ।

यसअघि निर्धारित ५० ओभरमा खेलमा पीएनजीले ७ विकेटको क्षतिमा २३४ रन बनाएको थियो । पीएनजीका लागि कप्तान असाद भालाले ६५, नोरम्यान भनुवा नट आउट ४९ , रिले हेकुरो ३३ ,किप्लीन डोरिगा २४ र चालर्स अमिनिले २२ रन बनाए ।

युएईका लागि हजरत विलालले ४, रोहन मुस्ताफा, जवार परिदले समान एक–एक विकेट लिएका छन् । यो जितसँगै युएईको ३५ खेलबाट ३३ अंक भएको छ । पीएनजीको सबै ३६ खेलबाट ११ अंक रहेको छ । युएई एक एकदिवसीय मान्यता पाउन पनि प्लेअफ खेल्नुपर्ने अवस्था आएको छ । युएईले यस लिगको अन्तिम खेल भोलि नेपालसँग खेल्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *