खेलकुद

ए डिभिजनमा आज तीन खेल हुदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा चौथो चरणका खेल अन्तर्गत आज तीन खेल हुदै छ ।

आज साढे २ बजे दुई खेल हुदैछन । जसमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेड एन्फा क्लबमा खेल्दै छन् भने अर्को खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा खेल्दै छन् ।

त्यस्तै तेस्रो खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा मछिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच हुदै छ ।

अहिलेसम्म संकटा क्लबले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक हासिल गरेको छ भने चर्च ब्वाइज युनाइटेडले शुरुका तीनै खेल जितेर ९ अंक हासिल गरेको छ ।

त्यस्तै जावलाखेल युथ क्लबके ३ खेलमा ७ अंक हासिल गरेको छ भने फ्रेन्ड्स क्लबले भने ३ खेलमा एक अंक हासिल गरेको छ ।

त्यसैगरी मछिन्द्र क्लबले तीन खेलमा एक अंक हासिल गरेको छ भने नेपाल पुलिस क्लबले अहिलेसम्मका तिनै खेलमा हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *